राजनीति

रविलाई साथ दिने दश VIP, बाबुरामदेखि सुरेन्द्र केसीसम्म, बालेन जालान् ?


सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले प्रतिवादीहरूसँग बयान लिइरहेको छ ।रविसँगै छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ । आज प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान न्यायाधीश नितिज राईको इजलासमा धमाधम भइरहेको छ । लामिछाने विगत ७२ दिनदेखि प्रहरी हिरासतमै छन् । यो अवधिमा उनलाई क–कसले साथ दिए र क–कसले घात गरे ?

‘सुखमा त सबैले साथ दिन्छन् तर दुःखमा सबैको साथ पाइँदैन ।’ यो भनाइ अहिले७२ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथिसमेत लागु भइरहेको छ । दुःखमा साथ पाउनु नै आफ्नो मान्छे हुनुको वास्तविक परीक्षा पनि हो । यही अवस्थाबाट गुज्रिरहेका लामिछानेका लागि यो जीवनकै सबैभन्दा कठिन र स्मरणलायक घटना पनि हो । जुन समयमा उनलाई आफ्नै भन्नेहरुले घात गरे भने पराई सम्झेकाहरुले साथ दिएका छन् ।लामिछानेलाई घात गर्नेमा उनकै प्रिय र निकट सम्बन्ध रहेका एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगैकुनै समय उनकै मातहतमा रहेर काम गरेका प्रहरी प्रमुख (आईजीपी) बसन्तवहादुर कँुवर हुन् । हिजो उनै ओलीको औँला समाएरसत्ता यात्रा गरेका लामिछानेलाई अहिले उनै ओलीले सहकारी प्रकरणमा बयानका लागि पाँच जिल्ला घुमाएका छन् । यस्तै प्रहरी प्रमुख कुँवरले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा दोषी प्रमाणित गर्न राज्यको सबै शक्ति लगाइरहेका छन् ।

यो प्रकरणले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्नेमा थप बल पुगेको देखिन्छ ।लामिछानेमाथि यो संकटको समयमा प्रतिपक्षमा रहेका दलहरुले भने खुलेर साथ दिइरहेका छन ।पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले सार्वजनिक मञ्च होस् वा सामाजिक सञ्जाल सबैमा रविको पक्षमा खुलेरै समर्थन गरेका छन् । यस्तैपूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गतमंसिर २१ गते लामिछानेलाई हिरासतमै पुगेर भेटेका थिए । उनले सरकारले नयाँ जन्मेको दलहरुको घाँटी निमोठ्न यो सबै प्रपन्च गरेको भन्दै सरकारको विरोध गरे भने लामिछानेको साथमा रहेको सन्देश दिए ।

गत मंसिर २२ गतेराप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनिलामिछानेलाई हिरासतमै पुगेर उनको अवस्थाबारे जानकारी लिएका थिए । लामिछाने माथि भएको अन्यायको विरुद्धमा संसद र मानव अधिकार आयोगमा आवाज उठाउने प्रतिबद्धता जाहेर गरेका थिए । यस्तै माओवादीका महासचि देवेन्द्र पौडेललेपनि पुस १ गते लामिछानेलाई हिरासतमा पुगेर भेट गरे । उनले सरकारले पूर्वाग्रह साँधेको, निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने गतिविधिमासरकार अगाडि बढेको भन्दै सरकारको आलोचना गरेका थिए ।

लामिछाने माथि राज्यले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै पछिल्लो समय उनलाई हिरासतमा पुगेर भेट्नेहरुको लर्को नै लागेको देखिन्छ । राजनीतिक दलका नेता तथा मानवअधिकारकर्मीदेखि कानुन व्यवसायी, कलाकारसम्मै उनलाई हिरासतमा भेट्न पुगेका छन् ।लामिछानेका अनन्य मित्र एवं कलाकार दीपकराज गिरी, सामाजिक अभियन्ता एवं पूर्वसचिव भीम उपाध्य, विवेकशील साझाका मिलन पाण्डे, राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी लगायत हिरासतमै पुगेर रवि लामिछानेको पक्षमा खुलेर समर्थन गरेका छन् ।

यस्तै लामिछानेले स्वतन्त्र रुपमा निर्वाचित मेयरहरुकोसमेत समर्थनको आशा गरेका थिए । तर हालसम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुख खोलेका छैनन् । उनीहरुले लामिछानेको विषयमा न त समर्थन जनाएका छन् न त विरोध नै । धनगढीका मेयर गोपी हमाल भने हाल स्वास्थ्य समस्याका कारण उपचाररत छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले मुद्दाको अभियोजन गरेसँगै प्रतिवादीहरूसँग बयान चलिरहेको छ ।न्यायाधीश नितिज राईको इजलासमा धमाधम बयान भइरहेको हो । हाल रविसँगै उनका पार्टनर एवं गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी बञ्जाडे र जीबी राईकी प्रेमिका भनिएकी लिला पछाईको बयान सकिएको छ ।

आइतवारदेखि प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान अगाडि बढेको छ ।रविले बयानमा ‘सीधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रमदेखि सांसद र सरकारमा गएका बेला मन्त्री बन्दासम्म आफूले कमाएको तलब र पैतृक सम्पत्ति लेखाजोखा गर्न न्यायाधीश राईसामु माग गरेका छन् । सोमबार ल्होसारको सार्वजनिक बिदा परेका कारण, मंगलबार र बुधबार सबै प्रतिवादीको बयान सकेर बिहीबारदेखि थुनछेक बहस शुरु हुने अपेक्षा गरिएको छ । थुनछेक बहसपछिलामिछाने छुट्ने वा पुर्पक्षका लागि थुनामा जाने निर्णय लिइने छ ।