देश

नेपाल–भारत सैन्य अभ्यास पर्सिदेखि


काठमाडौँ । नेपाल र भारतबिच सैन्य अभ्यासको १८औँ संस्करण पर्सी(मङ्गलबार)देखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ ।

यही पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजङ्ग बटालियन भारतीय सेनाको ११औँ गोर्खा राइफल्स सहभागी हुने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनाका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने उनको भनाई छ ।

अहिलेसम्म नेपाली सेनाका चार हजार दुई सय १५ जना र भारतीय सेनाका चार हजार चार सय ४२ जना सैनिक यो अभ्यासमा सहभागी भएका छन् ।