हुम्लामा तेस्रो पटक हिमपानेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर लगाउने कि नलगाउने भन्ने विषयमा देशभर मतदान सुरु भएको छ।
अखिल क्रान्तिकारीको नेतृत्वमा ३२ वर्षे उमेर हद तोक्ने कि नतोक्ने भन्ने विषयमा निर्वाचनबाट छिनोफानो गर्न लागेको हो।अखिल क्रान्तिकारीको संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक ८६ वटा जिल्ला मतदान केन्द्रमा मतदान चलिरहेको छ। बिहान १० बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ।
संगठनको इतिहासमा पहिलोपटक विधान उपर मतदान भएको नेतृ पञ्चा सिंहले बताइन्। दवाव र प्रभावमा नपरी निर्देशित जनवाद होइन उच्च जनवाद प्रयोग गरेर संगठनले प्रदान गरेको यो ऐतिहासिक अवसरको सहि सदुपयोग गर्न सम्पुर्ण प्रतिनिधिलाई आग्रह पनि गरिन्।उमेर हदको टुंगो लागिसकेपछि यही १७ गते नेतृत्व चयनका लागि भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरमा मतदान हुनेछ।
असोज १०/१५ सम्म भएको सम्मेलनमा उमेर हदको विवादले उग्र रुप लिएपछि स्थगित भएको थियो। अहिले नेतृत्वका लागि दीपेश पुन, मदन भुल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, जीपी मैनालीलगायतको दाबी छ।तर, पार्टी नेतृत्वको आकांक्षा राखेझैं ३२ वर्षे उमेर हद लागू भए अहिले नेतृत्वको दौडमा रहेका अधिकांश बाहिरिनेछन्।
काठमाडौँ हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो ।
शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।
यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
प्रतिक्रिया