राजनीति

इजलासमा कान्छा न्यायाधीश : रविलाई भने– आत्तिनु पर्दैन !


सूर्यदर्शन सहकारीको रकम अपचलनमा गत आइतबार अदालतमा मुद्दा दर्ता भएसंगै सोमबारदेखि रास्वपा सभापति एवंपूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनाको बयानजारी छ । नेपालकै कान्छा न्यायाधीश नीतिज राईको इजरासमा भएको बहसमा विहीवार लामिछानेको बयान लिइएको थियो । तर समय अभावका कारण पुनः शुक्रवार बयान लिइयो ।


पाँच सहकारीको रकम अपचलन आरोपमा पाँच जिल्लाका सरकारी वकिल कार्यालय र प्रहरीलाई बयान दिए पश्चातअन्ततःपुस ७ गते पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पूर्वगृहमन्त्रीरवि लामिछानेसहित सबैगरी ६३ जनाविरुद्ध अदालतमामुद्दा दर्ता भएको छ । लामिछानेसँगै छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल र जीबी राईविरुद्ध भने सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधकोे पनि मुद्दा दायर भएको छ । उनीहरुको मुद्दामा नेपालकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि धमाधम बहस चलिरहेको छ ।

पहिलो दिन७५ वर्षीय कृष्णबहादुर गुरुङको बयान लिइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण पहिले बयान लिइएको हो ।मंगलबार गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएपछि अर्का प्रतिवादी लिला पछाईंसँग लिएको बयान विहीवार सकिएको थियो । योसंगै, सोही दिनरास्वपा सभापति एवं पूर्वगृहमन्त्री लामिछानेकोबयान प्रारम्भ भएको थियो ।अभियोजनको पत्रको तथ्यलाई टेकेर इजलासले रविलाई सोध्न ३६ प्रश्न तयार पारेको थियो । जसअन्तर्गत बिहीबार करिब दुई घण्टासम्म चलेको बयानमा ११ प्रश्न सोधिएको थियो ।सोधिएका सबै प्रश्नमा रविले इन्कारी बयान दिए। स्रोतका अनुसार स्वास्थ्य अवस्थाबारेको चासोबाट प्रश्न सोध्न सुरु गरिएको थियो।

त्यसपछि सूर्यदर्शन सहकारीमा सेयर सदस्य हो कि होइन ?सहकारीको पैसा समूह मिलेर गोर्खा मिडियामार्फत अपचलन गरेको हो कि होइन ? संगठित रूपमा जीबी राईसँग संलग्नता हो कि होइन?जस्ता प्रश्न उनलाई सोधिएको थियो ।लामिछानेले इजलासमा उभिएर ‘जीबी राईलाई सोध्नुपर्ने प्रश्नको जवाफ म कसरी दिऊँ, श्रीमान् ।’ भन्दै जवाफ फर्काएका थिए ।सहकारीको सेयर सदस्यले मात्रै वैधानिक रुपमा ऋण लिन पाउने प्रावधान भए पनि नक्कली सेयर सदस्य बनेर रविले एक करोड ऋण लिएको अभियोजनपत्रमा दाबी गरिएको छ ।

यससम्बन्धमा सोधिएको प्रश्नमा उनले सूर्यदर्शन सहकारी आफूले देख्दा पनि नदेखेको, पाइला पनि नटेकेको, कुनै खाता र सेयर पनि नभएको इन्कारी बयान रविले दिएका थिए । उनले नक्कली सेयर सदस्य बनेर आफूले ऋण नलिएको दाबी गरेका छन् ।‘गोर्खा मिडियामा कहाँ–कहाँबाट कसरी पैसा आयो ? कसरी खर्च भयो ? भन्ने गितेन्द्रबाबु (जीबी)राईले दिनु पर्ने प्रश्नको जवाफ मैले कसरी दिऊँ श्रीमान ?,’ रविको प्रतिप्रश्न थियो ।

उनले बयानका क्रममा जीबीलाई सोध्नु पर्ने प्रश्न आफूलाई जिल्लादेखि अदालतसम्म सोधिएको र त्यसले हैरान भएको बताएका थिए । जीबीलाई सोध्नु पर्ने प्रश्न पटक पटक आफूलाई नसोध्न इजलाससामु आग्रह गरेका थिए । यस्तै, टिभी खोलेका जीबीले कहाँबाट पैसा ल्याए?, सहकारीबाट ल्याए कि अन्यत्रैबाट ल्याए? भन्ने उनैले जान्ने विषय भएको भन्दै रविले आफू त्यसमा संलग्न नभएको बारम्बार जिकिर गरेका थिए ।सूर्यदर्शन सहकारीबाट आफूले कुनै ऋण नलिएको, मिलान नगरेको, कुनै चेक पनि नकाटेको र सहकारीको पैसा ल्याउन समूह मिलेर कुनै सहमति, सम्झौता पनि नभएकाले संगठित अपराधको मुद्दा लगाउने आधारसमेत नभएको रविको भनाइ थियो ।नयाँ पार्टीको घाँटी निमोठ्न तथा आफूलाई फसाएर सिध्याउनकै लागि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको जवाफ रविले दिएका थिए । अदालतमा दायर गरिएका सबै अभियोजन झुठा र असत्य भएको उनको जिकिर थियो ।

यसक्रममा इजलासमा रवि र न्यायाधीशबीच सवालजवाफ नै चलेको थियो । रविले बारम्बार इन्कारी बयान दिएको र आफूलाई राजनीतिक प्रतिशोधका लागि फसाउन खोजिएको दाबी गरेपछि न्यायाधीशले आवेगमा नआउन र राजनीतिक भाषा प्रयोग नर्गन चेतावनी नै दिएका थिए । न्यायाधीश राईले भनेका थिए, ‘तपाईं आवेगमा आएर राजनीतिक भाषा प्रयोग नगर्नुहोस्, तथ्य भेटिएन भने तपाईंलाई हामी छोड्छौँ, तथ्य भेटिए अरु समान कानुनी दायरामा आउनु पर्छ ।’यस्तै, बिहीबारको बहसमा रविका कानुन व्यवसायी र इजलासबीच दोहोरी नै चलेको थियो । विशेष गरी रविका कानुन व्यवसायीले इजलासभित्र मोबाइल फोन प्रयोग गरेपछि केही समय सवाल जवाफ चलेको थियो ।

बेन्चमा भएकाले प्रश्न सोध्ने क्रममा रविका कानुन व्यवसायीले मोबाइल प्रयोग गर्नेदेखि फोटो खिच्नेलगायतका गतिविधि गर्न खोजेपछि त्यही बेला इजलास छिरेका न्यायाधीश राईले त्यसो नगर्न भनेका थिए । यसक्रममा सवाल जवाफ चलेपछि न्यायाधीशले इजलासभित्र रविको पक्षबाट एक जनामात्रै कानुन व्यवसायी राखेर अरुलाई बाहिर निकालिदिएका थिए । यसरी निकालिनेमा रविका प्रमुख कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्तसमेत थिए । विहीवार नसकिएको लामिछानेको बयान शुक्रवारपुनः दिनभर चल्यो ।


थुनछेक बहसपछि न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने विकल्पमध्ये एउटा निर्णय गर्नेछन् । त्यसपछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।प्रहरीले रवि लगायतको समूहमाथि विभिन्न सहकारीको बचत रकम ठगी गरेको आरोपमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबीसहितको राय दिँदै सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको रायअनुसार सरकारी वकिल कार्यालयले उनीविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको हो । संगठित समूह बनाएर योजनाबद्ध रूपमा ठगी गरेको आरोपमा उनीहरूमाथि संगठित अपराधको अभियोग पनि छ ।अब इजलासमा उक्त मुद्दाको प्रारम्भिक सुनुवाइमार्फत कानूनी प्रक्रिया अघि बढ्नेछ।

रविसहितको मुद्दा पेसीमा परेका न्यायाधीश राई देशभरका कान्छा जिल्ला न्यायाधीश हुन् जसले यो मुद्दाको सुनुवाइ गर्दै छन् ।उनले हालै न्यायाधीशका लागि लिइएको परीक्षा पास गरेर न्यायालयमा प्रवेश गरेका हुन् । उनी गत असारमा मात्रै लिखित परीक्षा उत्तीर्ण गरेर न्यायाधीश भएका हुन् । राई २०४७ भदौमा जन्मिएका हुन् । उनै देशका नयाँ र कान्छा न्यायाधीशले पूर्वगृहमन्त्री लामिछानेको मुद्दाको फैसला गर्ने छन् ।