शिक्षा

नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ क्याम्पस


काठमाडौं – सामसङ इनोभेसन क्याम्पस (एसएलसी)मार्फत सामसङले युवालाई सीप प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो ।कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीलाई पनि स्वागत गरेको छ ।

सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवालाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेदर फर टुमरो ! इन्एबलिंग पिपल’को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको जनाएको छ ।

करिब पाँच महिनामा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणा र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको सामसङले जनाएको छ ।प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा. डा. सुशील बी बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।