Breaking

कजाकस्तानमा विमान र्दुघटना , दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार


काठमाडौं — कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ । कजाकस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।