काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया