Breaking

रवि प्रकरण: कडा मुद्दा बनाउँदै प्रहरी, सहकारीमा जोगिए पनि सम्पत्ति शुद्धीकरणमा भने जोगिन कठिन (भिडियो)


काठमाडौं । खोदा पहाड निक्ला चुवा भने झै दक्षिण एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरीले करिब ८३ दिन राज्यको सबै शक्ति र सामाथ्र्यलगाउँदा पनि रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बलियो प्रमाण फेला पार्न सकेको देखिँदैन । प्रमाण फेला पार्न नसकेपछि दवावमा रहेको प्रहरीले अन्ततःउनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने तयारी थालेको छ ।एक आरोपितलाई सातौं पटकसम्म म्याद थप गरी पाँच जिल्ला घुमाउँदा पनि प्रहरीले बलियो प्रमाण फेला पार्न नसक्नुले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्ने आरोपमा थप बल पुगेको देखिन्छ ।

लामिछानेलाई पक्राउ गर्दा सहकारी ठगीको आरोप लगाइए पनि प्रहरीले भने हाल सम्पत्ति शुद्धीकरणको मिसिल तयार पारेको देखिन्छ । ५८ दिनसम्म आरोपितलाई हिरासतमा राख्दा पनि बलियो प्रमाण फेला नपरेपछि नेपाल प्रहरीको कार्य क्षमता र सरकारको नियत मै प्रश्न उब्जिएको छ ।

प्रहरीले ‘दाइलाई सक्दैन, भाउजुलाई राख्दैन’ भने झै लामिछानेमाथि बलियो प्रमाण फेला नपरेपछि लामिछानेकीश्रीमती निकिता पौडेलको बैंक खातामा स्रोत नखुलेको करोडौं रकम आएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने तयारी थालेको हो । लामिछानेले सम्पत्तिको सबै स्रोत खुलाउन नसकेको प्रहरीको दाबी छ ।

पाँच जिल्लाका पाँचवटा सहकारी संस्थाको ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले सबैभन्दा पहिला पोखराको सूर्यदर्शन सहकारीको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाउने तयारी थालेको छ। सरकारी वकिलले सो अनुसन्धान प्रतिवेदन अध्ययन गरी अदालतमा ‘सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण’ गरी तीनवटैमा सजायको माग दाबीसहित मुद्दा दायर गर्नेदेखिन्छ ।
(बाँकि भिडियोसहित)