Breaking

उपनिर्वाचन अपडेटः तीन स्थानको अन्तीम मतपरिणाम आउन बाँकी


काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । ४१ पदमा भएको उपनिर्वाचनमध्ये अब तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ । अन्य ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

नतिजा आउन बाँकी स्थानीय तहमा कीर्तिपुर नगरपालिका, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ मतगणना जारी छ । मतगणना जारी रहेको काठमाडौंको कीर्तिपुर नगरपालीको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले अग्रता कायमै छ ।

दोलखाको गौरिशंकरमा माओवादी उम्मेदवार र वेलकाको प्रारम्भिक मतगणनामा माओवादीको अग्रता रहेको छ । यस्तै गत निर्वाचनमा कांग्रेसले जितेका दुई पालिका अध्यक्षमा एमाले र माओवादी विजयी भएका छन् । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएकाछन् । यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी निर्वाचित भएकाछन् । यस्तै, मोरङको ग्रामथान गाउपालिकाको अध्यक्षमा माओवादीका नमोनारायण माझी विजयी भएकाछन् ।

उपनिर्वाचन भएको एक मात्र उपप्रमुख पदमा पनि माओवादी विजयी भएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी देवका लामिछाने निर्वाचित भएका छन् । वडाहरूमा भने कांग्रेसले वर्चस्व कायम गरेको छ । कांग्रेसले १६ वटा वडा जितेको छ, माओवादीले ६ वटा र एमालेले ५ वटा वडा जितेका छन् । जसपाले २, रास्वपा, एकीकृत समाजवादी, नेमकिपा र स्वतन्त्रले १÷१ वडा जितेका छन् ।।