समाज

वैदिक नववर्ष ५०९० को आरम्भ


काठमाडौँ – वैदिक वर्ष ५०९० लागको छ। आरम्भ मूल वैदिक परम्पराका अनुयायीले तपः महिनाको शुक्लपक्षको प्रतिपदामा नयाँ वर्ष मनाउने गरेका छन्। त्यसैअनुरूप यसपटक मार्गशीर्ष शुक्ल प्रतिपदामा वैदिक नववर्ष परेको हो।

सौरचान्द्र उत्तरायण शिशिर ऋतु प्रारम्भ हुने दिन वैदिक नववर्ष मनाइन्छ। आइतबार पाँच वर्षे युगको पाँचौ वर्ष वत्सर तथा अनल नामक वर्षको प्रारम्भको दिन भएको जनाइएको छ। वैदिक परम्परामा नयाँ वर्षको आरम्भकै आसपास ल्होसार र माघी जस्ता नयाँ वर्ष मनाइन्छ।

शिशिर ऋतु आसपास नयाँवर्ष मनाउने चलन वैदिक कालगणना सिद्धान्तसँग सम्बन्धित रहेको बताइन्छ। स्वाद्ध्यायशालाले १५ वर्षदेखि वैदिक कालगणनामा आधारित वैदिक पात्रो प्रकाशन गर्दै आएको छ।

नयाँ वर्षको अवसरमा बुढानीलकण्ठ नगरपालिका(६ हात्तीगौँडा ब्रह्मपुरीस्थित स्वाद्ध्यायशालाले कार्यक्रम गर्दैछ।