पुष्पकमल दाहाल प्रचण्ड । जसको तुलना उथलपुथल, अस्थिर र धोकाधडीसँग जोडिन्छ । के प्रचण्डको परिचय यही हो त ? वा यही थियो ? यदि होइन भने कस्ता थिए प्रचण्ड ? जो पार्टी को गति ओरालो लाग्दा पनि आफुलाई सर्बशक्तिमान देखाईरहेकाछन् । कहाँ पुग्यो प्रचण्ड युग अनि कहाँ छुट्यो प्रचण्ड पथ ? आजको तथ्य तलासमा– ती प्रचण्ड र यी प्रचण्ड ।
नेपालीमा एक चर्चित उखान छ नि– किन चाउरिस् मरिच आफ्नै रागले । यो उखान अहिलेको अवस्थामा ठ्याक्कै कसैसंग मेल खान्छ भने सायद त्यो पार्टीगत रुपमा
नेकपा माओवादी केन्द्र र व्यक्तिगत रुपमा प्रचण्डनै हुनुपर्छ । पार्टी कमजोर बन्दै जाँदा पनि देशको राजनीति भने प्रचण्डको पेरिफेरिमै घुमिरहेको छ ।
माओवादी संसदमा तेस्रो पार्टी भएर पनि राजनीतिका प्रखर खेलाडी प्रचण्डको चातुर्यताले एमाले र कांग्रेसंग पालैपालो काध फेर्दै १८ महिना बालुवाटार बसेर सिंहदरबारमा साशन गरे ।भलै उनको छेपारे प्रवती र जादु बाला ३२ सिटको चमत्कार चल्न छोडेपछि अहिले खुमलटारमा थन्किएकाछन् ।
सत्ताको रापताप बाट विश्राम पाएपछि घर बुढो भएका कुनै बेलाका नायक प्रचण्ड कतै गुमनाम त बन्दै छैनन् ? के अब उनको शक्ति क्षीण बन्दै गएको हो ? अथवा कुनै समयका शक्तिशाली प्रचण्ड अहिले किन नीरिह देखिँदैछन् ? यस्तैयस्तै प्रश्नले अहिले धेरै स्थान पाउन थालेको छ ।
जब सत्ताबाट बाहिरिए तब प्रचण्डलाई एकाएक जनताको माया जाग्यो, सहयोद्धा, जनयुद्धका घाइते सम्झिए, गणतन्त्र र संविधान सम्झिए र जनतामा जाने निर्णय पनि गरे । लाग्थ्यो कि सरकारमा जानु र जनतामा जानु फरक कुरा हो र सरकारमा भएको दल जनतामा जान सक्दैन । शान्ति प्रकृयापछि भएको पहिलो संविधानसभा निर्वाचनमा हिरो बनेको माओवादीको औधोगति यही ढंगले रसातालमा भासिदै जाने हो भने इतिहासको पानामा सिमित हुन बेर छैन । प्रचण्डले जुन सपना बाँडेर हतियार उठाए आफू सत्तामा पुगेपछि त्यो सबै बिर्सिए । र अहिले समीक्षा गर्नुपर्ने निष्कर्षमा पुगे । साच्चै भन्ने हो भने, कुनै बेला जंगलको शेर माओवादी अब, कागजी बाघमा सिमित हुदैछ ।
शिक्षक प्रचण्ड
वि.संं २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्डले ०२६ सालमा चितवनको शिवनगरस्थित नारायणी विद्यामन्दिरबाट एसएलसी पास गरे । त्यसपछि०२७ देखि ०२९ साल सम्म पाटन बहुमुखी क्याम्पसमा आइएसी पढे । ०३१ देखि ०३६ सालसम्म चितवनको रामपुर कृषि क्याम्पसमा कृषिमा बीएससी गरे । उनले एमपीएसम्मको अध्ययन गरेका छन् । कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे । ०२९ सालमा उनी चितवनको शिवनगरमा शिक्षकको भूमिकामा पनि देखिए । ०३३ देखि ०३५ सम्म उनले नवलपरासीको डण्डा मावि र गोरखा आरुघाटको भीमोदय माविमा पढाएका थिए ।
जंगलदेखि सिंहदरबारसम्म प्रचण्डको यात्रा
२०२६ साल ,जतिबेला प्रचण्ड मात्र १५ वर्षका थिए । त्यही समयमा सीता पौडेलसँग विवाह भयो । र ०२८ सालमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको समूहबाट पार्टीको सदस्यता लिएपछि राजनीति यात्रामा सक्रिय भएर निस्किए प्रचण्ड । ०३४ सालमा निर्मल लामा र मोहनविक्रम सिंह लगायतले नेतृत्व गरेको नेकपामा प्रवेश गरे । र ०३६ सालमा चितवन जिल्ला कमिटी सदस्य हुँदै ०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव र ०४० सालमा संघको केन्द्रीय अध्यक्ष बने । पार्टीगत राजनीतिको मूलधारमा प्रचण्ड ०४१ सालमा नेकपा मशालको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
प्रजातन्त्र पुर्नवहालीका लागि २०४६ फागुन ७ गतेदेखि भएको पहिलो जनआन्दोलनको समयमा सानो समूहको नेता थिए प्रचण्ड । बाम काँग्रेस गठबन्धनको संयुक्त जनआन्दोलनमा प्रचण्डको समूहले सहभागिता जनाएन । खासगरी संवैधानिक राजतन्त्रको पक्षमा प्रचण्ड थिएनन् । र ०४७ सालको संविधानले त्यही बाटो समातेपछि त्यहीबाट सुरु भयो नेकपा मसाल लगायत साना वामपन्थी दलहरुको ध्रुवीकरण ।
पुराना बोहक अहिलेका नयाँ पुस्तालाई सेक्टर काण्डबारे थाहा नहुन सक्छ ।
काठमाडौंका प्रहरी बिटहरुमा आक्रमण गर्ने, पोष्टर टास्ने कामनै सेक्टर काण्ड थियो । यो योजना असफल भएपछि मोहन वैद्यले राजीनामा दिए र नेकपा एकता केन्द्रका महासचिव बने प्रचण्ड ।
अर्कोतर्फ ०४७ सालको संविधानमा असहमति राख्ने अरु दलहरु पनि एकीकृत भइरहेका थिए । र बाबुराम भट्टराई लगायत पनि मिसिएपछि नेकपा एकता केन्द्र बन्यो र २०५१ सालमा त्यसलाई माओवादी नामाकरण गरियो । त्यसपछि प्रचण्डकै नेतृत्वमा देशको तत्कालीन अवस्थालाई अर्धसामन्ती र अर्ध औपनिवेशिक रहेको निष्कर्षसहित माओवादीले जनयुद्धको नाममा विद्रोहको विगुल फुक्यो ।
०५२ साल फागुन १ देखि शसस्त्र विद्रोह सुरु भयो । त्यतिबेलासम्म प्रचण्डलाई धेरैले भ्रम मात्र मान्थे । तर, जब प्रचण्डको भूमिकाबारे पोष्टर छापिए र तस्बिर प्रकानशन गर्न थालियो । बल्ल प्रचण्डलाई आफ्नै पार्टीका नेता कार्यकर्ता र जनताले चिन्न थाले ।
०५८ सालमा प्रचण्ड जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर बने । यसक्रममा उनी केही वर्ष भारतमा आश्रय लिएर बसे । ०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका उनी ०६४को चुनाव मार्फत जंगलबाट मुलधारको राजनीतिमा आई,
०६५ साल साउनमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । यसरी प्रचण्ड जंगलदेखि सिंहदरबारसम्म पुगेका हुन् । हालसम्म प्रचण्ड तिन पटक प्रधानमन्त्री भएका छन् ।
प्रचण्डका पाँच रोचक विषय
१. आफ्नै नाम छ पटक परिर्वतन
प्रचण्डले न्वारनदेखि हालसम्म आफ्नो नाम मात्रै ६ पटक परिर्वतन गरिसकेका छन् । प्रचण्डको न्वारनको नाम छविलाल दाहाल थियो । १० कक्षामा उनले आफ्नो नाम फेरेर पुष्पकमल दाहाल बनाए । ०३८ सालदेखि ०६३ सम्म भूमिगत रहेका बेला आफूलाई कल्याण, विश्वास, निर्माणको नामाबाट चिनाउने उनी शान्ति प्रकृयामा आउँदा प्रचण्ड बनेर राजनीतिमा उदाए । अर्को रोचक विषय के छ भने प्रचण्डले राजनीतिक आदर्श मान्ने गरेका स्टालिनले पनि तीन पटक नाम परिवर्तन गरेका थिए । स्टालिन नाम राख्नुअघि उनको नाम कोबा थियो भने वास्तविक नाम जोसेफ भिसारिओनोभिच जुगासभिली हो । तर, प्रचण्डले स्टालिनलाई नै उछिनेर ६ पटक आफ्नो नाम परिर्वतन गरे । अहिले भने आफूलाई प्रचण्ड भन्दा पुष्पकमल नै मिठो लाग्ने गरेको उनी सुनाउँछन् ।
२. पार्टीको नाम पनि ६ पटक परिवर्तन
प्रचण्डले आफ्ुनो नाम मात्र नभइ पार्टीको नाम पनि ६ पटक परिवर्तन गरिसकेका छन् । राजनीति सुरु गर्दा प्रचण्ड तत्कालीन कम्युनिस्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध थिए । २०४६ सालमा पहिलो पटक पार्टी प्रमुख (महामन्त्री) हुँदा उनको पार्टीको नाम नेकपा मसाल थियो । त्यसको दुई वर्षपछि २०४८ सालमा पार्टीको नाम एकता केन्द्र भयो ।
५१ सालमा एकताकेन्द्रको नाम फेरेर नेक�


प्रतिक्रिया