काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते (आइतबार) स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न सुझाव दिएको छ ।
आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गतेको मिति तोक्न परामर्श दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।
प्रतिक्रिया