समाचार

कोशीका मुख्यमन्त्री कार्कीद्धारा प्रकाशलाई सहयोगको आश्वासन, प्रकाशले भने–पशुपालन गर्छु

योहो संवाददाता

काठमाडौँ— साढे तीन दशक बढी घरपरिवारबाट अलग भएका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सहयोगको आश्वासन दिएका छन् ।

नागरिकता बनाउनेगरी भोजपुरको षडानन्द नगरपालिका फर्किएका प्रकाशलाई मुख्यमन्त्री कार्कीले आज फोन मार्फत् सहयोगको आश्वासन दिएका हुन् । ‘जे अनुकुल हुन्छ, त्यसमा सहयोग हुन्छ । विराटनगर आउनुहोस्, जे गर्नु हुन्छ, सहयोग दिलाइदिन्छु’ मुख्यमन्त्री कार्कीले भनेका छन् । प्रकाशले आफूले जानेको पशुपालन भएकाले त्यही गर्ने बताए ।

‘दुर्गम क्षत्रेमा बसेको हुनाले पशुपालन ‘’ प्रकाशले भनेका छन् । मुख्यमन्त्री कार्कीले नागरिकता नबनाएपछि उपयुक्त समयमा विराटनगर आउन आग्रह गरेका छन् । प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समय मिलेका बेला सिंहदरबार बोलाएका छन् । हेर्ने कथा नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले उनी चर्चामा छन् । झापाबाट काठमाडौँ हुँदै हराएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए ।

तर परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् । उनलाई शुक्रबार मात्र चुमनब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ बिदा गरेका थिए । आज काठमाडौंबाट तुम्लीङटार विमानस्थल भएर भोजपुर पुगेका छन् ।