Breaking

सिन्धुपाल्चोकमा सुक्खा पहिरोले इन्द्रावती नदी थुनियो, स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह


सिन्धुपाल्चोकमा सुक्खा पहिरो झरेका कारण इन्द्रावती नदी थुनिएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार पाँचपोखरी थाङपाल ७ स्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट सुक्खा पहिरो खसेको छ ।

सुक्खा पहिरोका कारण त्यस क्षेत्रका स्थानीय जोखिममा परेको सेनाले जनाएको छ । जोखिममा परेका स्थानीयहरु र अस्पतालका सामग्रीहरु अहिले सुरक्षित स्थानमा लैजाँदै गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुख्खा पहिरो खसेकोले त्यसले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गर्दै सूचना निकालेको छ।

पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको प्रशासनको भनाइ छ। नदी थुनिएर एक्कासी खोलिएमा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिका वडा नम्बर ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १०, ११ र १२ का नदी तटमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई प्रशासनले उच्च सतर्कता अपनाउन भनेको छ।