Breaking

परराष्ट्रमन्त्री देउवा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता


काठमाडौं । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकीछिन् ।

भेटमा द्वीपक्षीय सम्वन्ध लगाएतका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएयता नेपालको तर्फबाट भारतमा यो पहिलो उच्च स्तरीय भ्रमण हो । आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको सन्देश र निमन्त्रणापत्र भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गर्ने र राखी बाँधिदिने कार्यक्रमसमेत छ ।