काडमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएकाछन् ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी समेत दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरुलाई सचेत गराए ।
प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरुले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई आग्रह गरे ।
प्रतिक्रिया