काठमाडौं । नवनियुक्त तीन राज्यमन्त्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले शपथ लिएका हुन् ।
मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै प्रधानमन्त्री ओली नेतृत्वमा मन्त्रिपरिषद्को संख्या २५ पुगेको छ ।
प्रतिक्रिया