समाचार

मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाए


काठमाडौँ— मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आज बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुडापछि विद्यार्थीले आगजनी गरेका हुन् । गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको छ।प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।