Breaking

एक लाख युवालाई रोजगारी, तीन अर्ब विनियोजन


काठमाडौँ— सरकारले आउँदो आर्थिक वर्षमा कम्तीमा एक लाख युवालाई रोजगारी दिने योजना बनाएको छ ।

आज संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । यो कार्यक्रमका निम्ति सरकारले आउँदो आर्थिक वर्षमा तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

“युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा, सार्वजनिक क्षेत्र, सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न, राष्ट्र निर्माण गर्न युवा परिचालन कार्यक्रम सञ्चालन गरिनेछ,” मन्त्री पुनले भने, “यस कार्यक्रमअन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटेल, पर्यटन, निर्माण क्षेत्रलगायत कार्यस्थित तालिम प्रदान गरी कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिनेछ ।”