बिजनेस

इन्ड्राइभको औपचारिक सुरुवात


काठमाडौ— ग्लोेबल मोेबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ ।
औपचारिक सुरुवातसँगै इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्ने जनाएको छ ।
नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १० प्रतिशतसम्म कमिशन शुल्क लागु गरेको छ ।पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको कम्पनीले जनाएको छ ।

एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाईस्वतन्त्र रूपमा सवारीको भाडा मोलतोलगर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दै आएको कम्पनीको दाबी छ । इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथैसवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमाकुनै एउटा चालकको राइड अफर लिन सक्छन् ।

यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिएको छ । इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु रहेको बताउनुभयो । इन्ड्राइभ अबआधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा उत्साहित भएको उहाँले बताउनुभयो ।

यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रिता पोखरेलले नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको बताउनुभयो । साथै कम्पनीले प्रयोगकर्तालाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर पेमेन्ट पार्ट्नरको रुपमा आईएमईसँग साझेदारी गरेको जनाएको छ ।