Breaking

उपनिर्वाचनले प्रचण्ड भित्तामा, ओली र देउवाले छाडे के हुन्छ हालत ? कसरी लड्छ अर्को चुनाव ?


काठमाडौँ – इलाम–२ को उपनिर्वाचनलाई लिएर विभिन्न कोणबाट चर्चा हुँदा नेकपा माओवादी भने किनाराकृत छ । कांग्रेस यो हारमा पनि खुसी नै छ, एमालेले पहिलो दल भएको ध्वाँस लगाउन थालेको छ भने नयाँ दलले सचिनु पर्ने बुझेको बताउँदै छन् । पहिचानवादी आफ्नैलाई गाली गर्न व्यस्त रहँदा एमालेलाई सहयोग गरेर पनि जस नपाएको माओवादी के गर्दै छ त ?

मिनी जनमत सर्वेक्षणकै रुपमा हेरिएको इलाम २ मा एमालेका सुहाङ नेम्वाङले बाजी मारेसँगै विभिन्न कोणबाट चर्चा सुरु भएको छ । कांग्रेसले आफ्नै भोट जोगाउन सकेको छैन भने नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जमानत नै जोगाउन सफल भएन । पहिचानवादीहरु हल्लामै सीमित हुँदा सुहाङले पनि बुबा सुवास नेम्वाङकै जति भने मत ल्याएनन् । तर कांग्रेसका डम्बर खड्कासँग बुबालेभन्दा ठूलो मतान्तर ल्याएर जिते ।

यसरी हेर्दा उनको जितको जिम्मेवार पक्ष माओवादी बन्दा त्यही पार्टी भने चुनावी नतिजा पछि चुपचाप छ । यद्यपि जितसँगै एमाले यो देशकै पहिलो शक्ति भएको भाष्यमा अध्यक्ष केपी शर्मा ओली लागेका छन् भने आफूले गरेको निर्णय खेर नजानेसम्मको ईगो उनमा पलाई सकेको छ । यतिमात्र नभएर हिजोसम्म पहिचानको मुद्दामा चुप बस्ने रणनीतिविरुद्ध जितपछि इलाममै पुगेर कुनै जात र थर विशेषलाई पहिचानको मुद्दा बनाइन नहुने भन्दै ललकार्नसमेत भ्याएका छन् ।

निकै सन्तुष्ट सुनिएका उनले यो आगामी निर्वाचनको समेत संकेत भएको भन्न भ्याउँदा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौन छन् । हुन त आफू एक्लै निर्वाचन लड्दा जित्न नसके पनि समर्थन गरेको उम्मेदवारलाई जिताउन सक्ने जनमत माओवादीसँग थियो । उसले सुरुमा नै एमालेलाई समर्थन गरेपछि इलाममा वामपन्थी गठबन्धनतर्फ दुवै पार्टी मात्र होइन, मतदाताले पनि वामपन्थी एकताको सन्देश दिएको माओवादी नेताहरु बताउँछन् । तर एमाले नेताहरु भने संगठन सुदृढीकरण गरे एक्लै बहुमत ल्याउन सक्ने संकेतका रुपमा यसलाई अथ्र्याइरहेका छन् ।

यो जितले एमाले फुटको औचित्य नभएको अर्को सन्देश दिँदा माओवादी भने कसैसँग गठबन्धन नगरी कहि पुग्न नसक्ने अवस्थामा पुगेको छ । बझाङमा एक्लै भिड्दा उसको हालत र इलाम २ मा गत निर्वाचनमा र अहिलेको उपनिर्वाचनमै अरु दललाई भोट हाल्नु परेको अवस्थाले समेत यसलाई चित्रित गरेको छ । जहाँ एमाले वा कांग्रेसको साथले मात्र बाच्न सक्ने हैसियतमा पुगेको उसले एकता रोजे एमालेले चाहेकै कुरा स्वीकार्नुको विकल्प छैन ।

वामपन्थी दाबी गर्नेहरुमा बलियो धुव्रका रुपमा स्थापित भएको एमालेको हैसियतले यो अवस्था सिर्जना गर्दा चुनाव अघिको गठबन्धन गलत भएको निष्कर्षमा एमाले–कांग्रेस पुगे माओवादी के गर्छ यसै भन्न सकिने अवस्था छैन । जसलाई समाजवादी मोर्चाको आडमा नयाँ कोर्स दिने अवस्थामासमेत माओवादी छैन । तर चुनावलाई प्रयोग गर्ने र त्यसका लागि कम्तीमा माओवादी घटकलाई एकीकृत गर्ने नेत्रविक्रम चन्दको सपनाले केही आशा पलाउँदा सुहाङलाईसमेत उनले सघाएका थिए । तर एमाले मिल्नेभन्दा निल्ने योजनाका साथ अघि बढ्दा निरन्तरको सफलताले प्रचण्ड र विप्लवको हालत के हुन्छ ? अर्को प्रश्न जन्मिएको छ ।

हुन त वामशक्ति मिले कांग्रेसको के हालत हुन्छ ? भन्ने अवस्थाले समेत यसले संकेत गरेको छ । जुन नयाँ दलविरुद्ध पुरानाले जित्दा प्राप्त भएको कांग्रेसको खुसीले पूर्ती गर्न सक्दैन । जहाँ आफ्नै मात्र जित निश्चित भएकै भरमा कुनै धुव्रलाई प्रचण्डले नसघाउलान भन्न समेत नसकिने केही विश्लेषकहरु बताउँछन् । तर वास्तविकतामा भने त्यो अवस्था आए माओवादीको विघटनकै रुप हुने हुँदा त्यसअघि नै माओवादी कतै विलय हुने बुझ्न गाह्रो छैन । अहिले वामशक्तिले जित्दा खुसी भएका प्रचण्डले यो विलयको दिन अघि नै एक्लै लड्ने हैसियत बनाउँलान् त ? त्यो शंशयसँगै चासोपूर्ण छ ।