Uncategorized

बझाङमा एमालेको अग्रता


बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो ।

भण्डारीले ६१५ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३४२ मत पाएका छन् । तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् ।

उनले ११७ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८१ मत पाएका छन् । २७ मत बदर भएको छ।