खेलकुद

फाइनलमा नेपालले दियो गुजरातलाई १७७ रनको लक्ष्य


नेपालले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ ।

साई मेघपन स्पोर्ट्स लाइस वापीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

नेपालका रोहितले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

ओपनर आशिफ शेखले ३४ बलमा २ चौका र १ छक्कासहित ३४ रन बनाए। गुजरातका शेन पटेल, तेजस पटेल र जाला युवराज सिंहले १ – १ विकेट लिए।