देश

गुल्मीमा एक पुरुष मृत भेटिए


काठमाडौँ— गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् । शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आज बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए । मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँग बस्दै आएका थिए ।