समाचार

ललितपुर घटनाको खास खुलासा, १७ युवाले हामफालेपछि प्रहरी नै चकित, अझै भेटिएनन् शाही (भिडियोसहित)


काठमाडौँ— होलीकै दिन ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या हुनेगरी भएको घटनामा चार जना पक्राउ परेका छन् । पाँच जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन अनुुसन्धान भइरहेको छ । उक्त घटना हुनुको प्रमुख कारण बदला भाव र उत्तेजना देखिन्छ । उता कैलालीमासमेत उत्तेजनाकै उपज स्वरुप भएको घटनामा एक युवा अँझै बेपत्ता छन् ।

देश होलीको रङ्गमा झुमिरहेका बेला ललितपुर र कैलालीमा दुःखद् घटना भए । ललितपुरको ढोलाहिटीस्थित एक रेष्टुरेन्टमा दुई जनाको विभत्स हत्या भयो । पाँचथरका पुजन राई र काठमाडौंका रेवश राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले डी पोपिना रेस्टुराँका मालिकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय विजय राई र ३० वर्षीय सुलभ राई, ३८ वर्षीय विशाल हाड मुकारूङ राई र २५ वर्षीय छेङ्वीहाङ राई छन् । विजय र सुलभ रेस्टुरेन्टका मालिक हुन् ।
कसरी भएको थियो घटना ?
आइतबार होली भएकाले रेस्टुरेन्टमा दिनभर विशेष गरी मदिरा सेवन गर्नेहरुको चलहलपहल थियो । रेस्टुराँका मालिकसहित ८÷१० जना त्यहाँ बसेर रमाइलो गरिरहेका थिए । त्यसैमा थिए– साहिल श्रेष्ठ । राती करिब ८ बजेको समयमा रेष्टुरेन्टमा छेङ्वीहाङ राई, नाम्नु हाङ राई, विराट राई र अनन्त राई मदिराले मातिएर त्यही ठाउँमा पुग्छन् । त्यहाँ पुगेर छेङ्वीहाङ राईको समूहले साहिल श्रेष्ठसँग विवाद गर्न खोजेपछि रेष्टुरेन्टभित्रै झगडा सुरू भयो ।

त्यसपछि सुलभले राईको समूहलाई त्यहाँबाट निकालेपछि छेङ्वी हाङले रेवश राईलाई फोन गरेका थिए । त्यसपछि अर्को हूल आएर मेरो भाईहरुलाई धम्क्याउने होच्याउने तिमीहरु को हौ भन्दै रेन्टुरेन्ट सञ्चालकलाई धम्क्याउन थाले । त्यहाँ फेरि हाताहातको स्थिति सिर्जना भइसकेपछि आवेगमा रहेका विजयले किचनबाट चक्कु लिएर आउँछन् । त्यसबेला पुजन बाहिरै उभिएका थिए । पुजनले विजयलाई यस्तो गर्न हुन्न भन्दै रोक्न खोज्छन् । तर, चक्कु खोस्न खोज्दा उनको तीघ्रामा चक्कु लाग्यो । उनलाई सम्हाल्न खोज्दा विजयले रेवशको छाती र कोखामा चक्कुले प्रहार गरे । तर पाटन अस्पताल पु¥याईएपछि दुबै जनालाई मृत घोषणा गरिएको थियो

यो घटनामा रेस्टुरेन्टका सञ्चालक विजयले नै चक्कु प्रहार गर्दा २ युवाको मृत्यु भएको निष्कर्ष प्रहरीले निकालेको छ । विजय यसअघि पनि लागूऔषधको कसुरमा २ वर्ष जेल बसेका थिए । रेस्टुरेन्टका अर्का सञ्चालक सुलभले प्रमाण नष्ट गर्ने र घटनालाई नियोजित रुपमा लुकाउने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ । अर्का प्रतिवादी विशाल भने मृतक रोबस र छेङ्वीहाङसँग विवाद गर्ने व्यक्ति हुन् । उनीहरुको विवादको जडले दुई युवाको ज्यान गएको निष्कर्ष प्रहरीले निकालेको छ ।

यसरी सबै घटनाक्रम हेर्दा यो हत्या बदलाको भावले भएको देखिन्छ । त्यसबाहेक गत तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो । त्यसैको बदला लिनखोज्दा अर्को घटना भएको देखिन्छ । तरपनि हत्या नै गर्ने योजना भने कसैको पनि थिएन । तर, मदिराको मातमा आवेशमा घटना भएको देखिन्छ ।
उता सोमबार कर्णाली नदीको पुलमा होली खेल्नेहरु अरु दिनझैं फोटो खिच्नमै ब्यस्त थिए ।

एकएक एक हुद दौडिँदै पुलको रेलिङसमम आइपुग्छ । प्रत्यक्षदर्शीहरुका अनुसार स्थानीय बजारमा होली चल्दैथियो । अर्धनग्न अवस्थामा रहेका १७ जनाको समूह धमाधम कर्णाली नदीमा हाम्फाल्छन् । वेगमा आएका उनीहरुलाई त्यहा रमिता हेरिरहेका मानिसहरुले समेत रोक्न सकेनन् । प्रहरीका अनुसार १६ जना सकुसल रहे पनि कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् । उनको सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ ।

यी दुबै घटना आवेश र उत्तेजनाका उपज रुपमा देखिएका छन् । उसैपनि पछिल्लो समय रिलेसनसिप, पारिवारिक बेमेल लगायतका कारण हत्याका श्रृंखला बढ्दै गएका छन् । यस्ता घटनाबारे सामाजिक र मानसिक चेतनामा विकास गर्नु आवश्यक भइसकेको छ ।