खेलकुद

आईपीएल आजदेखि : आज चेन्नई र बैंगलोर भिड्दै


इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ । उद्घाटन खेलमा आज चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन् ।

चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ । चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन् ।

चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको छ । आईपीएल– २०२४ को २१ खेलको तालिका गत महिना सार्वजनिक गरिएको थियो । आमनिर्वाचनका कारण यस सिजनको पूर्ण कार्यतालिका अझै सार्वजनिक भएको छैन । पहिलो चरणमा चैत २२ देखि वैशाख ७ सम्मको कार्यतालिका घोषणा गरिएको छ ।