मनोरञ्जन

अजय र सदिक्षाको ‘ठूलो झुट‘’ (भिडियोसहित)


काठमाडौँ— गायक अजय अधिकारी सुशील तथा गायिका सदिक्षा भूर्तेलको स्वरको यूगल गीत ‘ठूलो झुट‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा गायक अधिकारीकै शब्द तथा संगीत सुन्न सकिन्छ । सन्दीप कार्कीको संगीत संयोजनमा यो गीत तयार पारिएको छ । यस गीतको म्युजिक भिडियोमा विकास लामिछाने, सुशिला थापा, अनु खत्री र शिभान्या सुवेदीले अभिनय गरेका छन् ।

शान थापाको निर्देशनमा बनेको भिडियो आइस क्रीम इन्टरटेनमेन्ट युट्युबबाट सार्वजनिक गरिएको छ । अर्जुन तिवारीद्वारा छायांकन गरिएको यो भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।