खेलकुद

चर्च ब्वाइजले जित्यो झापा गोल्डकपको उपाधि


सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले छैटौँ झापा गोल्डकपको उपाधि जितेको छ ।

बिर्तामोडको डोमालाल रङ्गशालामा आज भएको फाइनलमा खेलमा चर्च ब्वाइजले एपीएफलाई ३–० गोलले हरायो । पहिलो हाफमा १ गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा थप २ गोल ग¥यो ।

यो जितसँगै चर्च ब्वाइझले १३ लाख र उपविजेता बनेको एपीएफले सात लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी थिए ।