खेलकुद

१६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशको हातमा


काठमाडौं । भारतलाई हराउँदै बङ्गलादेशले १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको उपाधि जितेको छ ।

सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको परिसरमा आज भएको फाइनल खेलमा बङ्गलादेशले भारतलाई पेनाल्टी शुटआउटमा ३–२ गोलले हरायो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । बङ्गलादेश समूह चरणका ३ वटै खेल जितेर ९ अङ्कसहित फाइनलमा पुगेको थियो ।