Breaking

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस


काठमाडौं । न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

आज बसेको परिषद्को बैठकबाट न्यायाधीशद्वय डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरिएको हो । परिषद् बैठकबाट ती दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाइएको छ ।

थपलिया उच्च अदालतका र निरौला जिल्ला न्यायाधीश हुन् । परिषदको आज बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।