मनोरञ्जन

अभिनेत्री रेखाको घरमा लक्ष्मीको आगमन


काठमाडौँ— अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । उनले अमेरिकाको कोलोराडस्थित एक अस्पतालमा छोरीको रुपमा आफ्नो पहिलो सन्तानलाई जन्म दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै उनले घरमा लक्ष्मीको आगमन भएको जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

उनले शिशुको तौल साढे चार किलो रहेको र व्यथा लाग्दा आफूलाई निकै गाह्रो भएको बताइन् । तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।