Breaking

माल्दिभ्सविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै


काठमाडौँ – नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज मालदिभ्ससँग प्रतिस्पर्धा गर्दै छ।​

वाईएसडी वाईकेएम ओभल, बांगीमा विहान सवा ११ बजे सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको हो।

लगातार २ खेलमा जित हात पारेको नेपाल समूहको अन्तिम खेलमा मालदिभ्सलाई पराजित गर्दै समूह डीको विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ। आजै भएको अर्को खेलमा हङकङले भुटानलाई ७२ रनले पराजित गर्दै अन्तिम आठमा पुगिसकेको छ। योसँगै भुटान बाहिरियो। आज पराजित भए पनि नेपाल समूह उपविजेता हुँदै अन्तिम आठमा पुग्नेछ। माल्दिभ्स भने २ खेलमा पराजित हुँदै प्रतियोतिबाट बाहिरीसकेको छ।

नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा भुटानविरुद्ध पनि ८ विकेटले नै विजयी भएको थियो।​ मालदिभ्स आफ्नो पहिलो खेलमा भुटानसँग ९४ र दोस्रो खेलमा हङकङसँग १ सय ७२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

समूह डीमा अपराजित एकमात्र टोली नेपालको २ खेलमा ४ अंक छ। प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली क्‍वार्टटरफाइनल प्रवेश गर्ने छन्। फाइनलमा पुग्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कपमा स्थान बनाउने छन्।अ