Breaking

नेपालमा पहिलो पटक “कन्टिन्यूएस मेडिकल एजुकेशन”


काठमाडौँ – बैंकक् हस्पिटलद्वारा नेपालमा पहिलो पटक “कन्टिन्यूएस मेडिकल एजुकेशन” तथा स्वास्थ सम्बन्धि बैंकक् हस्पिटलका वरिष्ठ कार्डियोलोजी डा. योसावे उकायागोर्न र सर्जिकल ओन्कोलोजी डा. किटिसाक थेपसुवानले आ-आफ्नो विशेषज्ञको आधारमा रहेर अङ्कोलोजी, कार्डियोलोजी, न्यूरोलोजी तथा अर्थोपेडिक्स अन्तर्गत हाल आधुनिक प्रविध्रि जानकारी प्रदान भयो । जसमा विशेषगरी डा. योसावे उकायागोनले कार्डिएक एरिथमियाबारे र डा. किटिसाक थेपसुवानले स्तन क्यान्सरबारे विस्तृत जानकारी दिनुभयो ।

यसका साथसाथै बैंकक् हस्पिटलका विशेषताहरु जस्तै क्यान्सर क्लिनिक, हार्ट हस्पिटल तथा अन्तराष्ट्रिय हस्पिटल र त्यहाँका आधुनिक प्रविधि सम्बन्धि विभिन्न जानकारी दिनुभयो । तसर्थ आगामी दिनहरुमा नेपालका विभिन्न हस्पिटलहरुसँग समन्वय र सहयोग गरी आधुनिक टेक्नोलोजी ट्रान्सफर तथा टेलिकन्फरेन्सिङको माध्यमबाट विभिन्न गम्भीर रोगहरुको उपचार गर्ने बताएका छन् ।

मेडिकल टुरिजमको आधारमा थाइल्याण्ड ऐसियाकै एक मध्य अग्रपङ्तिमा रहेको टुरिजम डेस्टिनेशन हुँदै आएको र पछिल्लो क्रममा नेपालीहरु माझ पनि थाइल्याण्ड गएर विभिन्न रोग सम्बन्धि उपचार तथा परामर्ष गर्ने प्रवृत्ति बढ्दै आएको छ । सामान्य बैंकक् भ्रमणमको सिलसिलामा गएकाहरु पनि फूल बडि चेकअप गराउनेको सङख्या बढ्दो छ । यसकै सहजिकरणको लागि बैंकक् हस्पिटलद्वारा दरबारमार्ग स्थित लाइफस्टाइल हलिडेज प्रा.लि. लाई औपचारिक रुपमा कन्ट्याक्ट सेन्टर नियुक्ति गरेको छ । यसका साथै आगामी दिनहरुमा लाइफस्टाइल हलिडेज प्रा.लि. ले मध्यस्थकर्ताको रुपमा स्वास्थ सम्बन्धि परामर्ष गर्दै आएको र सो का लागि भिषा र होटल बुकिङका लागि सहजिकरणका साथै मेडिकल परामर्ष, सोका लागि अपोइन्टमेन्ट र केस इभ्यालुएशन गर्ने प्रतिवद्धता जनाएको छ ।