अन्तर्राष्ट्रिय

भारतको बहुचर्चित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ सम्पन्न


भारतको बहुचर्चित मन्दिर राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराहार व्रत बसेर मन्दिरको प्राण प्रतिष्ठा गरेका छन् । मन्दिर पूरा निर्माण नसकिएपनि रामको मूर्तिलाई धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निराहार व्रत बसेर मन्दिरको प्राण प्रतिष्ठा गरेका छन् । कडा सुरक्षा व्यबस्था का बीच प्राणप्रतिष्ठा समारोह सम्पन्न भएको छ । भारतीय समय अनुसार मध्याह्न १२ः१५ देखि १२ः४५ सम्म प्राणप्रतिष्ठा पूजा आयोजना गराइयो । हनुमानको अनुमति लिएर अयोध्या पुगेसँगै १२१ वैदिक ब्राह्मणहरुले मन्त्रोचारण गरेर मोदीलाई पूजा गराए ।

नेपाल, भारतसहित विभिन्न देशका सन्तमहन्त तथा वैदिक विज्ञहरू भेला भएको यो कार्यक्रमले व्यापक चर्चा पाएको छ । २८ हजार स्क्वायर फिटमा फैलिएको मन्दिरलाई भारतकै सबैभन्दा ठूलो मन्दिर मानिएको छ ।

रड प्रयोग नगरिएको यो मन्दिर बनाउन २५८७ गाउँबाट माटो ल्याइएको बताइएको छ । पाँचौ शताब्दी पुरानो मस्जित रहेको क्षेत्र राम मन्दिरको भएको भारतीय सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा सात दशक चलेको लम्बेतान मुद्दामा फैसला गरेको थियो । फैसलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको भूमि पूजा सन २०२० अगस्ट ५ मा गरेका थिए ।