समाचार

योहो टेलिभिजनका बरिष्ठ सम्पादक भण्डारीलाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार


काठमाडौं । योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारी यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

पत्रकार भण्डारीलाई शनिवार नुवाकोटको सुर्यचौरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतबाट पुरस्कार हस्तान्तरण तथा सम्मान गरीएको हो । पत्रकार भण्डारीले पत्रकारीताको क्षेत्रबाट समाजलाई रुपान्तरण र बिकास गर्न आवश्यक रहेको बताउनुभयो । सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा पुरस्कार स्थापना गरिएको हो ।