खेलकुद

प्रधानमन्त्री महिला कप : कोशी प्रदेश फाइनलमा प्रवेस


काठमाडौं । जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेश फाइनलमा प्रवेस गरेको छ ।

आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।कोशी प्रदेशले अब बुधवार हुने फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि भिड्ने छ ।

एपीएफ क्लब गत आइतबार खेलिएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको थियो । दोस्रो क्वालिफायर खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा सात विकेट गुमाएर ८८ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने १३ ओभरमै केवल एक विकेट गुमाएर ९२ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाएकी थिइन् ।