समाचार

नेपालमा क्रिसमसको क्रेज, मल झकिझकाउ, यशू ख्रीष्टको सम्झना

किन मनाइन्छ क्रिमसम ?


काठमाडौँ – आज २५ डिसेम्बर । इसाई धर्मका प्रवर्तक जिसस क्राइष्टको जन्मदिन । विश्वभरका इसाई धर्मालम्बीहरुले जिसस क्राइष्ट उनको जन्मदिनका अवसरमा डिसेम्बर २५ लाई क्रिसमस डेका दिन विभिन्न कार्यक्रम गरी हर्षउल्लासका साथ मनाउने गर्दछन् । क्रिसमस डेको अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत विभिन्न कार्यक्रम गरी यशू ख्रीष्टको सम्झना गरिएको छ ।

आज डिसेम्बर २५, इसाई धर्म धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व क्रिसमस डे । इसाई धर्मका प्रवर्तक जिसस क्राइष्टको जन्मदिनको सम्झनामा नेपालसँगै विश्वभर विभिन्न कार्यक्रम गरी यो पर्व मनाईएको छ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा मरियमको कोखबाट येशुको जन्म भएको थियो । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । क्रिसमस डे का दिन सोमवार देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिएको छ ।

येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्नु यस दिनको विशेषता हो । क्रिसमस डेका दिन जिससको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ ।

क्रिसमसलाई मुक्ति, प्रेम र शान्तिको प्रतिकको रुपमा समेत चरितार्थ गरिन्छ । पश्चिमा समाजले बडो भव्यताका साथ मनाउने क्रिसमसको रौनक नेपालमा पनि ह्वात्तै बढेको छ । नेपालमा संख्यात्मक हिसाबमा इसाई धर्मवलम्बिहरु कम रहेपनि अधिकांस नेपालीहरुले यस दिनलाई आत्मसात् गरेको पाइन्छ । पसल पसलमा देखिने सान्टा क्लसको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामग्रीमा झुम्मिएका दृश्यहरुले क्रिसमसमा नेपाली समाजको विविधतामा अर्को विधा थपिदिएको छ ।

नेपालको संविधानले नै धर्म निरपेक्षतालाई स्वीकार गरेपछि यसले एक–अर्काको धर्मप्रति मानिसको सद्भाव र सम्मान बढाएको छ । यसरी एकले अर्काको चाडपर्वलाई सम्मान गरिरहँदा संस्कृति विश्वलाई जोड्ने माध्यम बनेको छ । सबै धर्मलाई समानता दिएको राज्यले क्रिसमस डे को दिन सार्वजनिक बिदा दिँदै आएको छ । क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको भए पनि २०७८ देखि भने सबैलाई सार्वजनिक बिदा दिन थालिएको हो ।