Breaking

‘कोलम्विया’को नयाँ शाखा अब नाम्चे बजारमा


काठमाडौँ – अमेरिकी आउटडोर ब्रान्ड ‘कोलम्विया’ को नयाँ शाखा सोलुखुम्बुको नाम्चे बजारमा सञ्चालनमा आएको छ ।

नाम्चेमा सञ्चालनमा आएको कोलम्विया तेस्रो शाखा हो । यसअघि ठमेलमा पहिलो र पोखरामा दोस्रो शाखा सञ्चालनमा आएको थियो । कोलम्वियाको पहिलो शाखा सन् २०१७ मा ठमेल र दोस्रो शाखा सन् २०१८ मा पोखरामा सञ्चालनमा आएको थियो ।

नाम्चेमा सञ्चालनमा आएको ‘कोलम्विया’ ब्रान्डको सोरुमको पहिलो खुम्बु आईसफल डा। लाक्पा गेलु शेर्पाले उद्घाटन गरेका थिए । हिमालयन आउटडोर प्रा।लि कोलम्विया ब्रान्डको नेपालको आधिकारिक बिक्रेता हो । पदयात्री र हिमाल आरोहणीहरूलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएको कम्पनीकी प्रबन्ध निर्देशक दीकिला शेर्पा लामाले बताइन् ।

“दोस्रो शाखा पोखरामा सञ्चालनमा ल्याएसँगै तेस्रो शाखा तयारी गरिरहेका थियौँ । त्यसबेला हाम्रो ध्यान नाम्चेमा गयो । किनभने नाम्चे सगरमाथाको मुख्यद्वर पनि हो । अर्कोतर्फ, नेपालको ‘टूरिस्ट हव’ पनि हो । पदयात्री, हिमाल आरोहणीहरूलाई लक्षित गरेर नाम्चे शाखा सञ्चालनमा ल्याएका हौँ,” शेर्पाले भनिन् ।

हिमाल आरोहण र अत्यधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले नाम्चे शाखा सञ्चालनमा ल्याएको शेर्पाले बताइन् ।