खेलकुद

नेपाल सुपर लिग: आज धनगढी र लुम्बिनीबीचको खेल हुँदै


नेपाल सुपर लिग फुटबलमा आज धनगढी एफसी र एफसी लुम्बिनी बुटवलबीचको खेल हुँदै छ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ ।

साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २–१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २–० ले पराजित भएको थियो ।

धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।