खेलकुद

टी–२० विश्वकप छनोट : नेपालले आज ओमानसँग खेल्दै


काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्दै छ ।

मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको हो । ओमान पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ। समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेता र समूह ‘ए’को उपविजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटको उपाधि जितेरै छाड्ने नेपाली टोलिको लक्ष रहेको छ ।