Breaking

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन बढ्यो १८ सय


काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबारको तुलनामा आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेको हो ।

बिहीबार सुनको मूल्य एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसलगत्तै मूल्य एक दिनै एक हजार ८०० रुपैयाँ बढेको हो ।

तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार भने चाँदीको प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।