मनोरञ्जन

दशैं, तिहार र छठका अवसरमा ललितपुरमा शुभकामना आदान प्रदान


ललितपुर । लायन्स डिष्ट्रीक ३२५ एल नेपाल अन्तर्गत रहेका लायन्स क्लबहरू क्रमशः काठमाण्डौं बेदव्यास, काठमाण्डौं सिमिक भेन्चर, काठमाडौं नेपालय, काठमाण्डौं गौरिशंकर, काठमाण्डौं ककनी, काठमाण्डौं निर्जला, काठमाण्डौं ओम बुद्ध, काठमाण्डौं स्वःनिग, काठमाण्डौं टेम्पल चण्डेश्वरी, काठमाण्डौं ठमेल, काठमाण्डौं संजिवनी धुलिखेल, काठमाण्डौं नाला काभ्रे, धादिङ कोशीखोला बुद्ध शान्ति, काठमाण्डौं बंगलामुखी र काठमाण्डौं ठमेल एभरेष्ट तथा लियो सिमिक भेन्चर, लियो बेद ब्यासले आयोजना गरेको उक्त कार्यक्रम ललितपुर महानगर पालिकाकी उप-मेयर मन्जली शाक्यको प्रमुख आतिथी तथा डिष्ट्रिक गर्भनर लायन परमेश्वर बराल लगायत भाईस गभर्नर र पूर्व गभर्नर साथै सभापितत्वमा लायन गयत्री जाेशीकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उप मेयर मन्जली शाक्यले लायन्सले गरेको कामको प्रशंसा गर्दै नेपाली कला संस्कृतिको जगेर्ना गरेकोमा लायन्स क्लवलाई धन्यबाद दिए ।

२०८० सालको आउदै गरेको दशैं, तिहार, नेपाल सम्वत ११४३ तथा छठ पर्वको उपलक्ष्यमा हाम्रो संस्कृति र सम्पदालाई चित्रित गरेर अत्यन्तै सुन्दर ढंगबाट महालक्ष्मीस्थान, ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम भब्यका साथ सफलता पुर्बक रुपमा सम्पन्न गराउने आयोजना गर्नु हुने टिम डिष्ट्रिक ३२५ एल नेपाल अन्तर्गत रहेका लायन्स क्लबहरूलाई मायाको चिनो र ललितपुर महानगरपालिकाबाट सदैव साथ सहयोग गर्ने बाचा गर्नुभएको छ । कार्यक्रममा बाक्लो उपस्थिति थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।