मनोरञ्जन

छोटो मिठो कुराकानी उषा खड्गीको साथ योहो टेलिभिजनमा


काठमाडौँ — भिचित्र मिडिया र योहो टेलिभिजन बीच सहकार्य सम्झौता भएको छ । २०८० असोजबाट योहो टेलिभिजनको तर्फबाट बजार प्रमुख अन्जन श्रेष्ठ, मुख्य कार्याकारी निर्माता पासङ योञ्जन लामा र भिचित्र मिडिया तर्फबाट बजार व्यवस्थापक राजिव साही र बजार बिक्रि व्यवस्थापक विनोद श्रेष्ठ उपस्तिथि भई सम्झौतामा हस्ताक्षर भएको छ ।

सोहि उपलक्ष्यमा भिचित्र मिडिया अन्तरगत (Parachute Naturale Shampoo Chhoto Mitho Naturale कुराकानी कार्यक्रम प्रस्तोता सातौँ मिस नेपाल उसा खड्गी हुनुहुन्छ । योहो टेलिभिजनमा हरेक शुक्रबार राति ६ः३० देखी प्रसारण हुने भएको छ । त्यस कार्यक्रममा विभिन्न कलाकार तथा चर्चित महिलाहरुलाई निम्तो दिई छोटो मिठो कुराकानि हुने गर्छ । साथै यस कार्यक्रममा प्रस्न उत्तर खेल गरि विभिन्न पुरस्कारको व्यवस्था पनि गरिन्छ । यस कार्यक्रम गर्नुमा Parachute Naturale Shampoo Naturale को प्रचारप्रसार साथै यसको विशेषता देखाइन्छ ।