बिजनेस

चाडपर्वलाई ध्यानमा राख्दै टिभिएसको ‘हर मोडमा उमंग’ एक्सचेन्ज मेला सुरु

जित्न सक्नुहुन्छ १० लाख सम्मको बम्पर उपहार


काठमाडौँ– नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ‘हर मोडमा उमंग’ एक्सचेन्ज मेला सुरु गरेको छ । टिभिएसका डिलरहरू सहभागी एक्सचेन्ज मेलामा नकिन्दै १ लाख, किन्दा ५ लाख, हरेक महिना एक जनालाई क्यास ब्याक, १० लाखको बम्पर उपहार लगायतका अफर छन् । लाइफटाइम वारेन्टीको व्यवस्था पनि गरिएको छ ।
मेलामा जुनसुकै कम्पनीको जस्तोसुकै बाइक पनि एक्सचेन्ज हुने छ । टिभिएस एक्सचेन्जमा १० देखि १५ हजारसम्म सहुलियत पाइने छ । मोटरसाइकल र स्कुटर खरिद गर्दा ५ लाख रुपैयाँसम्मको अफर रहेको छ । २५ प्रतिशत डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजमा मोटरसाइलक र स्कुटर खरिद गर्न सकिने छ । भृकुटीमण्डपमा सोमबारदेखि सुरु भएको एक्सचेन्ज मेला आगामी शनिबारसम्म चल्ने छ ।