धरान । जिल्ला सुरक्षा समितिको बैठकले धरानमा निषेधाज्ञा जारी गरेको छ ।
आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले भोली प्रदर्शनको आह्वान गरेका छन् । त्यसको प्रतिकारमा समेत उत्रने संभावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया