Breaking

नाबालक बन्दीको हर्कत, ढोका फोडेरै प्रहरीमाथि जाईलागे, भागेका खोज्दै प्रहरी


काठमाडौँ — आइतबार भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा बालकको मृत्यु भएपछि सुरु भएको विवाद थप उत्कर्षमा पुगेको छ । सोमवार दिउँसो सुधारगृहको ढोका नै फुटाएर हतियार सहित प्रर्दशनमा उत्रिँदै त्यहाँ रहेका ७६ जनाबाहेकसबै भागे । भागेकामध्ये अधिकांशलाई पक्राउ गर्न प्रहरी सफल भएको छ भने केहीको खोजी भईरहेको छ । सोमवार अचानक हतियार सहित सडकमा उत्रिएका यिनीहरु भक्तपुरको सानोठिमीस्थित बालसुधार गृह फोडेर सडकमा उत्रिएका व्यक्तिहरु हुन ।

२९ जेठ २०७७ देखि कैद भुक्तान गर्दै आएका मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षका कमल बस्नेत सुधार गृहमा अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगे पनि उपचारको क्रममा उनको मृत्यु भएपछि बस्नेतका आफन्तहरु अस्पताल पुगेर सोधपुछ गर्दा उनीहरुले मृत्युको कारणबारे चित्त बुझ्दो जवाफ नपाएपछि तोडफोड सुरु भएको हो ।

बस्नेतको आफन्त तोडफोडमा उत्रँदा सुधार गहमा रहेका बालबालिकाले उनीहरुलाई साथ दिँदै हातमा लाठी लिएर प्रदर्शनमा सामेल भए । उनीहरुले सुधार गृह नै फोडेर गरेर भागे । सुधार गृहमा रहेका २ सय ९९ जना बालबालिकामध्ये ७६ जना बाहेक अन्य सबै भागेको प्रहरीले जनाएको छ । युसेफको बालसुधार गृहबाट भागेकामध्ये १ सय ७० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

परिसरका अनुसार सुधार गृहबाट भागेकामध्ये अधिकांशलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने केहीको खोजी भईरहेको छ । बाल सुधार गृहमा २९८ जना बालबालिका थिए । जसमा २५५ जना बालक र ४३ जना बालिका छन् । सुधार गृहमा १८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्ष माथिका १६७ जना छन् । बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था छ । त्यही अनुसार, देशभर ८ वटा बाल सुधार गृह सञ्चालित छन् ।