काठमाडौँ — सडक व्यापार गर्नेहरूले आइतबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका छन् । साइकल, गाडा र सडकमा मजदुरी तथा उद्यम गर्नेहरुका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्थाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । स्वतन्त्र उम्मेदवारका रूपमा चुनावमा उठेर काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी भएका बालेन्द्र शाहले पद सम्हालेदेखि नै प्रशंसा र आलोचना दुवै खेप्दै आएका छन् ।
उनी मेयर भएपछि महानगरले चालेका कतिपय कदमलाई लिएर मानिसहरूले प्रशंसा गरेका छन् भने कतिपय घटनामा उनी तिखो आलोचकको रुपमा देखिएका छन् । जनसंख्या वृद्धि, अव्यवस्थित बसोबास, फोहोर व्यवस्थापन, सडकदेखि ढल निकाससम्मका विषयले मेयर बालेन बिवादित र आलोचित बन्दै आएका छन् । त्यही बिरोधको श्रृंखला आज पनि राष्ट्रिय सभा गृह अगाडि अगाडि देखियो । काठमाडौं महानगरपालीकाले सडक व्यापारीलाई बिस्थापन गर्न खोजेको भन्दै सडकमा व्यापार गर्ने साना व्यवसायीहरुले महानगरपालीकाको कदमबिरुद्ध प्रदर्शन गरेका हुन् ।
महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साईकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायी र केही सर्वसाधारण प्रदर्शनमा देखिएका थिए । चुनावअघि गरिबको चमेली बोल्दिने कोही छैन भन्दै गीत गाएर मन जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई नागरिकले उनकै शैलीमा प्रश्न गरेका छन् । शहर धनीका लागि मात्रै नभएको भन्दै उनीहरुले विकल्प खोज्न माग गरेका छन् ।
महानगरले गैरकानूनी रुपमा सडक व्यवसायीहरुको रोजीरोटी खोखेकोमा कानुन व्यवसायीहरु पनि असुन्तुष्ट बनेका छन् । उनिहरु पनि देशकै नागरिक भएको हुँदा सरकारले समुचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाई छ । जो गरिब जनता छ केहि बिकल्प नभएर सडकमा ठेलागाडा चलाएउनेलाई व्यबस्थापन गरेर समय तालिका बनाउन माग समेत गरेका छन् ।
तर यसरी चौतर्फी विरोध भैईरहदा पनि आफ्नो अडानरत शहरीकरणलाई चुनाव अगाडि नै प्रथमिकता दिएको काठमाडौँ महानगरपालिका भने कुनै पनि कदम चाल्नु भन्दा पनि व्यवस्थित शहरीकरणलाई आवश्याक परेको हुँदा व्यापारीहरुलाई यसो गर्न बाध्य भएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बताउँछन् ।
वर्षौंदेखि पुटपातमै व्यवसाहि गर्नेहरुको रोजिरोटी खोस्न थालेपछि पछिल्लो समय सडक आन्दोलन गर्दै आएका छन् । यद्यपी उनिहरुको सडक संर्घस चरणबद्ध आन्दोलन भएता पनि यस्ले परिणाम निकाल्ने सुनिश्चित नभए पनि महानगरले कुनै सम्बोधन गर्दिए हुन्थ्यो भन्ने अपेक्षा फुटपात व्यापारीले गरेका छन् ।
प्रतिक्रिया