देश

मनसुनको न्यूनचापीय रेखा पुनः नेपालनजिक सर्ने क्रममा, तीन दिनसम्म हल्कादेखि भारी वर्षाको सम्भावना

सतर्कता अपनाउन आग्रह


काठमाडौँ – मनसुनको न्यूनचापीय रेखा पुनः नेपाल नजिन सर्ने क्रममा रहेकाले आजदेखि देशका केही प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान् गरिएको छ । न्यूनचापीय रेखा अहिले पश्चिमतर्फ सरदरस्थान आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।मौसमविद्हरुका अनुसार मनसुनको अवधिभर न्यूनचापीय रेखा स्थिर रहँदैन। अहिले सरदरस्थानबाट दक्षिणतर्फ सर्ने क्रममा रहेकाले पुनः भारी वर्षाको सम्भावना देखिएको बताइएको छ । आज रातिदेखि भोलि र पर्सिसम्म वर्षा तुलनात्मक रुपमा वृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।