Breaking

बालेनको डरले सुत्दैनन् सुकुम्बासी, गाउँ फर्कन बाध्य, नारायणकाजीको बलमा चल्दैछ महानगरको डोजर


काठमाडौँ — काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहआलोचनानै सहि तर आफ्नो निर्णयबाटपछिहट्न खोज्दैनन् । उनको बालहठले काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर पुग्दानगरप्रहरीमाथिभौतिकआक्रमणनै भयो । तर खाटा बस्दै गरेको त्यो घाउलाई महानगरले फेरि कोट्याउने संकेत गरेको छ । अर्थात गृहमन्त्री र प्रधानमन्त्रीसंग दुई चरणमा भेटघाट गरेका काठमाडौं महानरपालिकाका मेयर फेरि सुकुम्बासी बस्ती हटाउने दौडधुपमा छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गुनासोलाई सम्वोधनगर्ने गरी गृहमन्त्रालयले बागमतीसहितनदिकिनाराका सुकुम्बासी बस्ती हटाउनमहानगरलाई सहयोग गर्ने संकेत गरेको छ । गएको असार २३ गते गृहमन्त्री नारायणकाजीश्रेष्ठ र मेयरबालेनबीचडिनर भेट भएको थियो । गृहमन्त्रीले मेयरलाई खानाको स्वादसंगै सहयोगको आस देखाएपछि फेरि सुकुम्बासी वस्तीमा डोजर लाग्नसक्नेछनक देखिएको छ ।

यद्यपीडोजर लगाएरै धपाउने भन्दापनि समन्वयबाट बस्ती हटाउने सरकारको तयारी छ ।त्यसकालागिगृहमन्त्रीको अध्यक्षतामा साउन १ मा बसेको बैठकले नदीकरिडोरमा रहेका बस्ती हटाउनकालागिलामो समय नलगाउने, निश्चितअवधिभित्र सो काम सम्पन्नगरिसक्ने, त्यसकानिम्ति समन्वयात्मकभूमिकाद्वारा अगाडिबढ्ने गरी सरोकारवालाहरुसंग सहमति गरेको छ । सधै संघिय सरकारबाट सहयोग नपाएको भडास पोख्दै आएका मेयरले गृहमन्त्रीपछिप्रधानमन्त्रीसंग पनि भेट गरेकाछन् ।

प्रधानमन्त्रीसंगको चिसिएको सम्वन्धको गाँठो गृहमन्त्रीकै पहलमा फुकेको छ । उनले प्रधानमन्त्रीपुष्पकमलदाहालप्रचण्डसंग पनिसाउन ३० मा भेट गरेर सुकुम्वासी बस्ती हटाउन सहयोगको माग गरेकाछन् । गृहमन्त्रीको बचन र प्रधानमन्त्रीको ग्रिन सिंग्नबाट सबै तारतम्मे मिलाएकाबालेन ताकपरे दलबलसहित सुकुम्वासी बस्तीमा डोजर लगाउने योजनामाछन् ।

पहिलो पटक२०७९ मंसिर १२ मा सुकुम्बासी बस्ती हटाउनपुगेका महानगरप्रहरीमाथि बस्तीका स्थानियले भौतिक रुपमै आक्रमण गरेपछिव्याक सरेको महानर यो वस्तीलाई जसरी पनि टुङगो लगाउने योजनामा छ । यद्यपीमहानगरले बल प्रयोग गर्नू पूर्वनै राष्ट्रीयभूमीआयोग र सुकुम्बासीबीच एक खालको सहमतिभएको छ । जसमासुकुम्बासीको पहिचानगर्न लगत संकलनगर्ने र सोहीअनुरुपबसोबासको व्यवस्थापनगर्ने सहमतिछ ।

सुकुम्बासीको लगत संकलनकार्य सुरु हुँदै गर्दा निर्वाचनताका समय भएकाले उति बेलाआचारसर्हिताविपरित भन्दै रोकिएकोमापछिमहानगर डोजर लिएर पुगेपछिआक्रोशतिभिडनगरप्रहरी माथिनैजाई लागेको थियो । अहिले सुकुम्बासीहरुले सम्झौताविपरित महानगर गएको आरोप लगाएकाछन् ।

उनिहरुले भूमीआयोग र सुकुम्बासीबीचको सम्झौतापालनागर्नू पर्ने माग गरेकाछन् । तर काठमाडौं महानरपालिका सुकुम्बासीकानाममाहुकुम्बासीले शासन गरेको भन्दै तहलगाउने गरी बस्ती खालिगर्ने योजनामा छ । बागमतीकिनारामाझण्डै ३५ सयहाराहारीमा सकुम्बासी बस्ती रहेको अनुमान छ ।

सरकारले बास्तविक सुकुम्बासीलाई स्थानान्तरणगर्न भन्दै डाक्टर बाबुराम भट्टराईको पालामाकाठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवनमाअपार्ट बनाएको थियो । अहिले उक्तभवन बेवारिसे जस्तै हुँदा वर्षौ देखिको सुकुम्बासी समस्या समाधानभएको छैन ।अहिले स्थानीय र केन्द्र सरकार बागमति करोडकाअनाधिकृत संरचनाखालि गराउनलगभगनजिकपुगेका बेलासुकुम्बासी बस्तीका स्थानीय घडेरी मागगर्दै हुकुम्बासीको शैलीमाअड्को थापिरहेकाछन् । जसका कारणपनि यो मुद्धा बेलाबेलामागिजोलिने गरेको छ ।