काठमाडौँ – शनिबार काठमाडौंका ८ स्थानमा विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ । विद्युत प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना अन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्तिमा अवरोध आउने भएको हो । दुर्गानगर, स्युचाटार पुल, मकालु पेट्रोल पम्प, शहीद अस्पताल, कालीमाटी तथा मालपोत, खसीबजार, सुनारगाउँ, बल्खु, कुलेश्वर, ट्याङ्लाफाँट, कीर्तिपुर बजार, मैत्रीनगर, बाघ भैरव, मन्दिर इलाका, पाङ्गा दोबाटोसम्म विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले बताएको छ।
Breaking


प्रतिक्रिया